9817360983, 9819377753 (Bhim Thakuri )
उत्तरी मोरङको जेफाले डाँडा पर्यटकहरुको लागि आकर्षक स्थल भएको छ । यहा सुरु गरिएको होमस्टे(घरबास) र जेफाले डाडामा निर्माण गरिएको भ्यू टावरले आकर्षक स्थल बनेको हो । जेफाले डाडाबाट विश्वकै अग्लो हिमाल सगरमाथा, कञ्चनजंगा देख्न सकिन्छ । कुल ७२ लाखको लागतमा निर्माण गरिएको ४२ फिट अग्लो चार तले भ्यू टावर १ हजार ९ सय ७० मिटर उचाइमा छ ।
मोरङ जिविसको ३६ लाख ५० हजार, धनकुटा जिविसको ५ लाख, पर्यटन कार्यालय काकडभिट्टाबाट २१ लाख अनुदान र जनताबाट संकलित रकमबाट भ्यू टावर निर्माण भएको हो । भ्यू टावर निर्माणपछि पूर्वका १६ जिल्ला साथै सूर्योदय, सूर्यास्त, हिमाल, पहाड, तराईको दृश्यावलोकन गर्न सजिलो भएको जेफाले स्थानीयहरु बताउछन् ।
तराईबाट ३४ किलोमिटर पहाडी यात्रा गरेपछि पुगिने जेफाले डाँडा समुन्द्र सतहबाट १ हजार ९ सय ७० मिटर उचाइमा छ । डाँडामाथि शिवपार्वतीको मन्दिर निर्माण गरिएको छ । जेफालेको विकास गर्न जिल्ला विकास समिति धनकुटा, जिल्ला विकास समिति मोरङ, विराट क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति लगायतका सरकारी निकायहरुले चासो दिएका छन् ।
सुनसरी, मोरङ र धनकुटाको चौबीसे क्षेत्रको एकीकृत पर्यटन विकासलाई संयोजन गर्न जेफालेमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ । जेफालेले दिएको सत्कार, सद्भाव र पर्यटकलाई दिने महत्वले गर्दा एक पटक यहा पुगेका व्यक्तिहरु फेरी फेरी पनि त्यहा पुगिरहने गरेका छन् ।
जेफालेमा सञ्चालित होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्नहरुबाट पाहुनालाई स्वागत गर्ने र हुर्रा नाँचेर सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने गरिएको छ । यहाको प्राकृतिक सुन्दरता, वातावरणीय आनन्द तथा जेफाले डाडाबाट देखिने दृष्यको प्रचार गरेर जेफालेले झापा, मोरङ, सुनसरी र भारतको विहारका पर्यटकहरुलाई आकर्षण गरिरहेको छ ।
जेफालेमा एक दिनमा ५० व्यक्तिलाई बास बस्ने र खाना खुवाउनसक्ने व्यवस्था रहेको छ । जेफालेमा यतिका धेरै सम्भावनाहरु हुदा हुदै पनि विकासमा चासो नदिएको स्थानीयको आरोप छ ।
पर्यटन विकासको प्रशस्त सम्भावना हुदा समेत विकासमा सरकारी चासो नभएको स्थानीय बताउछन् । सडकको स्तरउन्नती, सञ्चार र सुरक्षाको दरिलो व्यवस्था हुदा जाफाले पूर्वको पर्यटकीय केन्द्रका रुपमा विकास हुने उनीहरुको बुझाइछ ।
Homestay at Jefale, Morang- 9817360983, 9819377753 (Bhim Thakuri )
Nepal, Province-1, Birat Chowk
Published 11 months ago
ID #33
1 - 4 of 4
1000.00 Rs.
Transaction: Rent
Homestay at Jefale, Morang- 9817360983, 9819377753 (Bhim Thakuri )
Nepal, Province-1, Birat Chowk,
Published 11 months ago
Comments